हिपमत डटकम

शनिबार, कार्तिक १२, २०७९ || 12314  पटक पढिएको

उर्लाबारी । मोरङ क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्यका वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल) यतिबेला चुनाबी भेटघाट र छलफलमा ब्यस्त हुनुहुन्छ ।

नोपली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनमा नेकपा माओवादीबाट प्रदेशसभा सदस्यको उम्मेद्वार बन्नुभएका कुशललाई विकासप्रेमी नेताको रुपमा चिन्ने गरिएको छ । मोरङ क्षेत्र नं. १ का लोकप्रिय नेता कुशलले पहिलो कार्यकालमा १ अर्ब ५० करोडको हाराहारीमा यस क्षेत्रको विकासमा बजेट भित्र्याउन सफल बन्नुभएको थियो ।

उहाँले पहिलो कार्यकालमा वाचा गरेको ९० प्रतिशत काम पूरा गर्नुभएको छ । त्यसैकारण पनि यस पटक सबैको रोजाई कुशल बन्ने देखिएको छ । पार्टीभन्दा माथि उठेर विकास निर्माणमा जुट्ने कुशल सरल र मिलनसार स्वभावको हुनुहुन्छ । अर्को पटक प्रदेशसभाको उम्मेद्वार नबन्ने घोषणा गर्नुभएका कुशलले अधुरा काम पूरा र थप विकासका योजना भित्र्याउने योजना बनाउनुभएको छ ।

‘एउटै ब्यक्ति पटक पटक उम्मेद्वार बनिरहनु ठिक हुन्न’ उहाँले भन्नुभयो–‘यो अन्तिम पटक प्रदेशसभा सदस्यको उम्मेद्वार बनेको छु, हिजो पनि सेवक बनेर काम गरे, अब पनि सेवक नै बनेर काम गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!