हिपमत डटकम

शनिबार, कार्तिक १२, २०७९ || 4151  पटक पढिएको

बिराटनगर। मोरंग क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्वारी दिनु भएकी नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाको हरेक दिन चुनाबी अभियान सञ्चालन भइरहेको छ ।

घामपानी दिनरात नभनी उहाँ जनताको घरदैलोमा पुगिरहनुभएको छ । जहाँ जहाँ सुजाता कोइराला पुग्नुहुन्छ,त्यहाँ स्थानियले उहाँको भव्य स्वागत गरिहेका हुन्छन् । उहाँले प्रभावकारी रुपमा चुनाबी अभियान सञ्चालन गरिहनु भएको छ । उहाँले मतदाताका दृष्टिले महत्वपुर्ण मानिने क्षेत्रमा प्रभाव बढाँउदै जानु भएको छ । जनताको घरदैलामा पुग्दा नेतृ सुजाता कोइरालासँग मतदाताहरु आफ्ना समस्या राख्न थाल्छन् । उहाँ जनताको समस्या,गुनासा,कुरा सुन्नुका साथै टिपोट गर्नुहुन्छ । अनि केहिबेरको संवाद पछि आफुसहित गठबन्धनका उम्मेद्वारलाई मतदान गरि विजयी गराउन आग्रह गर्नु हुन्छ ।

गिरिजाप्रसाद कोईरालाको सुपुत्री समेत रहेकी सुजाता कोईराला मोरङ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेद्ववार बन्नु भएको छ । उहाँमा राजनैतिक यात्राको लामो अनुभव छ । उहालाई जनताले पहिल्यैदेखि यस क्षेत्रमा खोजेको यहाका मतदाताहरूको उत्साहले देखाएको छ । जनतामाझ नेतृ कोईराला भन्नु हुन्छ,- म आफ्ना पिता गिरिजा बाबुको अधुरा सपना पुरा गर्न आएको हु,र यहाँका जनताहरूको सुखदुख बुझ्न म सधै तप्तर छु र यस क्षेत्रको शिक्षा स्वास्थ्य रोजगार विकास गर्नेछु, पुल,तटबन्धन लगायतको समस्या हल गर्नेछु ।

उहाँ जनता माझमा पुग्दा तपाईं पहिल्यै यस क्षेत्रमा आउनु पर्थ्यो,रतुवा र बक्राहा खोलाको चपेटामा यहाका जनता परेकाले तटबन्धन नबनेको,रतुवाको पुल नबनेको ,एमालेले जनतालाई सधै झुक्याएर भोट मागेको , लालपुर्जा दिने आश्वासन बाडेर भोट बटुलेको गुनासो गर्छन् ।
अब तपाई जनताहरू मत खेर जानेछैन,-उहाँले भन्नुभयो-यसपाली मलाई जिताउनुहोस्,यस क्षेत्रका गरीब,निमुखा,सुकुम्बासी,महिला,
दलित,पिछडाबर्ग ,आदिबासी जनजातिको आँसु पुछ्ने काम गर्छु

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!