नेपाल तरूण दल क्षेत्री कमिटि सिरहाद्वारा सैर्या सिमेन्ट उधाेगलाई पाँच बुन्दे माग राख्दै नेपाल तरूण सिरहा क्षेत्र नं.४ ले सिरहाको मिर्चैया न.पा.१ मा रहेको सैर्या सिमेन्ट प्र.लि.का कार्यवाहक जियम अमृत लामिछाने मार्फत उधाेगलाई ज्ञापन पत्र बुझाएका छन् ।
प्रस्तुत बिषयमा निर्माणधिन सैर्या सिमेन्ट उधाेग स्थापना काल देखि नै उधाेग र स्थानीय विच परस्पर अापसी सम्झौता वाट सहकार्य गरि उधाेग संञ्चालन र निमार्ण गर्ने भनी गरिएको सम्झौता अनुसार नभई व्यक्ति विशेष र कुनै एक दलकाे स्वार्थ पुर्ति हुने गरि गरिएको काम प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त काम तत्काललाई बन्द गरि हाम्रो मागहरूलाई सम्बाेधन गर्न हुन जनकारी गराईन्छ ।
मागहरू
उधाेग र किसान विचकाे सम्झौता कार्यन्व्यन गर,स्थानीय दक्ष तथा अदक्ष मजदुरहरूकाे राेजगारीकाे ग्यारेन्टी गर,उधाेगलाई चाहिने विभिन्न किसिमको सामग्रहरूकाे ठेक्का पट्टा तथा सम्झौताहरू स्थानीय सगं गर ,उधाेगकाे नाउमा दर्ता भएको जग्गा वाहेककाे जग्गा स्थानीय लाई फिर्ता गर,प्रदुषणमुक्त उधाेगकाे ग्यारेन्टी गर लगायतका पाँच बुन्दे माग राखिएको छ ।
पहिलो चरणमा ज्ञापन पत्र मात्र बुझाएको तरूण दलका क्षेत्रीय अध्यक्ष धनेश्वर यादवले हाम्रा मागलाई बेवास्ता गरिए चरणबद्ध रुपमा संघर्षका स्वरुप परिवर्तन हुँदै शान्तिपूर्ण अन्दाेलन गर्न बाध्य हुन् छाै । र त्यसको जिम्मेवारी उधाेगले लिनुपर्ने बताए ।
ज्ञपान पत्र बझाउने क्रममा नेपाली कांग्रेस का क्षेत्र नं.४ का प्रत्यासी उमेदवार कपिलदेव साहलगाईत स्थानीय बासिहरू रहेको थियो ।