शनिबार, फाल्गुण २४, २०७६ || 632  पटक पढिएको

गायन रियालिटी शो वाइवाइ नेपाल स्टारको प्रसारण शनिवार राती ९ बजे देखी नेपाल टेलिभिजनमा हुदैछ ।
नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि ले उत्पादन गरेको शोको पहिलो एपिसोडमा पोखरा अडिसनलाई प्रसारण गर्न लागिएको कार्यक्रम निर्देशक रवि श्रेष्ठले जानकारी दिए । गत पौष २९ गते बाराही माबी मालेपाटनमा पोखरा अडिसन सम्पन्न भएको थियो ।
शोमा गायक रामकृष्ण ढकाल , गायिक अन्जु पन्त र संगितकार आलेकश्री निर्णायकको भुमिका देखिनेछन् । भने कार्यक्रम प्रस्तोताको रुपमा सन्जोक बस्याल र निशा पाठक रहेका छन् ।
पोखरामा लामो समय संचार क्षेत्रमा सक्रिय रहेर काम गरेका बस्याल पहिलो पटक टेलिभिजनको पर्दामा कार्यक्रम संचालकको भुमिकामा देखिदैं छन् ।
‘नेपाल टेलिभिजनमा पहिलोपटक रियालिटी शो होस्ट गर्दैछु त्यो पनि मेरो प्यारो पोखराको अडिसनसंगै सुरुवात हुदैछ ,यो गज्जबको संयोग जुरेको छ’,बस्यालले भने, ‘म निकै उत्साहित छु ।’
बस्यालले पोखरा र पश्चिमाञ्चल आसपासका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए । हाल उनि रेडियो कान्तिपुरमा कार्यरत छन् ।
बस्यालसंगै प्रस्तोताको रुपमा रहेकी पाठक मिस ग्राण्ड नेपाल २०१९ की बिजेता हुन् ।
पाठकले कार्यक्रम बनाउँदा निकै मिहेनत गरेका कारण दर्शकहरुले मनपराउने विश्वास व्यक्त गरिन् ।
‘एकदम खुशी लागेको छ ,नेपालको आफ्नै मौलिक शो होस्ट गर्न पाउँदा पाठकले भनिन्, ‘पहिलो एपिसोड भएकोले डर लागिराछ ,विश्वास छ दर्शकहरुले मनपराउनु हुनेछ’ ।
कार्यक्रम निर्देशक श्रेष्ठले ४ देखी ५ वटा राउण्ड गरि कुल ३६ वटा एपिसोड प्रसारण गरिने जानकारी दिए ।
‘हाललाई ३६ वटा एपिसोड छ तर बढ्न पनि सक्छ’,श्रेष्ठले भने ‘कस्तो किसिको प्रतिक्रिया आउँछ भन्नेमा खुल्दुली छ तर जे जस्तो आउँछ त्यसलाई हामी स्विकार्छौं’
प्रतियोगिताको लागी सात प्रदेश र काठमाण्डौं सहित ८ स्थानमा अडिसन लिइएको थियो ।
यो रियालिटी शोको पावर्ड वाइ टाइटलमा वृज सिमेन्ट, बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक, लाइफ इन्स्योरेन्स पार्टनरमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, रेड कार्पेट पार्टनरमा यती कार्पेट, डिजिटल पार्टनरमा की डिजिटल र रेडियो पार्टनरमा हिमालय एफएम नेटवर्क रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!