बीरेन्द्रकुमार साह

बुधबार, कार्तिक ०२, २०७९ || 58183  पटक पढिएको

विराटनगर । मोरङको सुनवर्षीमा विभिन्न पार्टी परित्याग गरि दुई सय बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस सुनवर्षी नगर समितिका सभापति कमलकिशोर सिंहले बताए । सुनवर्षीको डायनियाँमा आज आयोजित

 

बृहत पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पर्टी (जसपा), र नेकपा एमालेका २ सय बढी कार्यकर्ता पार्टीमा प्रवेश गरेको हो । कार्यक्रममा मोरङ क्षेत्र नम्बर २ मा लोसपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद सिंह गन्गाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई समर्थन गर्दै कांग्रेसमा प्रवेश गरे । त्यस्तै लोसपाकै केन्द्रीय सदस्य अमरेन्द्र साहलगायत सो पार्टीका नगर र वडा समितिका कार्यकर्तासमेत कांग्रेसमा प्रवेश गरेका छन् । त्यसैगरी जनता समाजवादी र एमालेका कार्यकर्ताहरुसमेत उल्लेख्यरुपमा प्रवेश गरेको नेपाली कांग्रेस सुनवर्षी नगर सभापतिले बताए। नवप्रवेशीहरुलाई पूर्वउपप्रधानमन्त्री समेत रहेकी नेपाली कांग्रेसकी

 

प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोइराला, क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार विनोद कार्की, माओवादी केन्द्रका क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार गणेश उप्रतीलगायतले टिका र खादा लगाएर कांग्रेसमा प्रवेश गराएका थिए । सो अबसरमा नेतृ कोइरालाले आफु सो क्षेत्रको विकासमा लागि पर्ने प्रतिवद्धता जनाइन् । उनले आफ्ना बाबु स्वर्गीय गिरिजाप्रसाद कोइरालको कर्मभूमीमा उम्मेदवार बनेर आउन पाउँदा भावुक बनेको बताइन् । सो अबसरमा नेपाली कांग्रेसका सयौँ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!