हिपमत डटकम

आइतबार, आश्विन ३०, २०७९ || 1772  पटक पढिएको

विराटनगर। विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरेको छ ।
सडक मापदण्डमा परेका पर्खाल नहटाउँदा विराटनगरका विभिन्न सडक निर्माणमा अवरोध हुँदै आएको छ । महानगरले शनिबार विराटनगर–३ स्थित कन्यामार्गमा सडक मापदण्डमा परेको पर्खाल हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा घरको पर्खाल हटाइएको हो ।

स्थानीय कृष्ण रेग्मी र लक्ष्मी रेग्मीले पर्खाल भत्काउन नदिँदा लामो समयदेखि कन्यामार्गको नाला निर्माण रोकिएको थियो । महानगरको अगुवाइमा पर्खाल भत्काएपछि स्थानीय खुसी देखिएका छन् । एकजनाले पर्खाल नभत्काउँदा सबै स्थानीयले सास्ती बेहोर्नु परेको उनीहरुको भनाइ छ । सडकको मापदण्डको अनुपातमा एउटा घरले पर्खाल नभत्काउँदा सडक बन्न नसकेको र महानगरले नेतृत्व गरेर पर्खाल भत्काएकोमा आफूहरु निकै हर्षित भएको स्थानीयवासीले प्रतिक्रिया दिए । “एकजनाले पर्खाल नभत्काउँदा हामी सबैले समस्या झेल्नु परेको थियो,” स्थानीय केदार खड्काले भने, “तर आज विराटनगर महानगरपालिकाले जुन नेतृत्व गरेर पर्खाल भत्काएको छ त्यसको हामी भित्रैदेखि प्रशंसा गर्छौ ।” उनले अन्य क्षेत्रमा रहेका यस्ता समस्या समाधानमा महानगर लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै अर्का स्थानीय जनक तिम्सिनाले पनि लामो समयदेखि एकजना व्यक्तिले पर्खाल भत्काउन नदिँदा सडकमा आवतजावतमा समस्या भएको बताए । उनले अब सडक र नाला बन्नेमा आफूहरु ढुक्क भएको उल्लेख गरे । “अब चाहिं यहाँको नाला र सडक बन्छ भन्ने हामीलाई विश्वास लागेको छ,” तिम्सिनाले भने, “महानगरपालिकाको नेतृत्वले गरेको यो कार्यबाट हामी धेरै नै खुसी भएका छौं ।”

त्यसैगरी धरान रोडबाट कन्यामार्ग प्रवेश गर्ने मुखमा पनि भत्काएको छ । स्थानीय घमचन्द्र तिम्सिनाले आफ्नो घरतर्फको संरचना भत्काउन नदिँदा नाली बन्न सकेको थिएन । मापदण्डअनुसार सडक निर्माणमा अवरोध भएको स्थानका पर्खाल र संरचना हटाउँदै जाने महानगरको भनाइ छ । “महानगरका प्रमुख र उपप्रमुखज्यूबाट सडक मापदण्डमा परेका पर्खाल, घरटहरा हटाउन स्पष्ट निर्देशन दिइसक्नु भएको छ,” प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने, “हामीले त्यसका लागि सूचनासमेत जारी गरिसकेका छौं ।

” पर्खाल भत्काउन प्रमुख कार्यकारी कोइरालासहित नगर प्रहरीका प्रमुख राजन पौडेल, इन्जिनियर अर्जुन थापालगायत उपस्थिति भएका थिए । विराटनगरको विकास र समृद्धिमा महानगरलाई आफूहरुको सहयोग रहने स्थानीय देवीमाया पौडेलले बताइन् । महानगरले नक्सा पास नगरेका पर्खालको महानगरबाट स्वीकृत गर्न सूचनासमेत जारी गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!