मोरङकाे रंगेली नगरपालिका ६ मा २००८ सालमा स्थापना भएको पब्लिक उच्च माध्यमिक विद्यालय नमुना विद्यालय अन्तर्गत पुर्वाधार बिकास का लागि छनौट भएको छ । जिल्लाका ८ विद्यालयहरुलाई सरकारले नमुना विद्यालय लाई समावेश गरेसंगै पव्लिक उच्च माध्यमिक बिधालय नमुना विद्यालय काे रुपमा छनौट भएको छ । भवनको अमिषा निर्माण सेवा एण्ड सप्लार्यस काठमान्डौैले करिव ४ करोडको लागतमा ठेक्का पाएको छ । आर.सि.सि स्टक्टरमा निर्माण हुने भवन भुकम्प प्रतिरोधि तथा हरेक तल्लामा ४ कक्षा कोठा र सुविधा सम्पन्न शौचालय रहने निर्माण हुने भएको छ । विद्यालयमा एक कार्यक्रम काे अायाेजना गरि भवनको शिलान्यास कार्यक्रममा नगरपालिका मेयर दिलिप वगडिया ले शिलान्यास गरेका थिए ।
विद्यालयलाई पहिलो चरणमा तिन तल्ले १२ कोठे भवन स्वीकृत भएको छ । निर्माण कम्पनीले २ वर्ष भित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता समेत भएको छ ।