बिराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन गर्ने अघिल्लो साँझसम्म अनौठा राजनीतिक दृश्य देखिएका छन् ।
शाही शासनका अन्तिम गृहमन्त्री कमल थापा एमालेको चुनाव चिह्न सूर्यसहित मकवानपुरबाट उम्मेदवार बन्ने भएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आधिकारिक रुपमा नै थापालाई पत्र दिएपछि खुशीले गदगद थापाले आफ्नो सामाजिक संजाल फेसबुकमा यसरि खुशी व्यक्त गरेका छन्।
नेकपा(एमाले)को सहयोगमा मंसिर ४मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १बाट उमेदवार हुँदैछु।सद्भाव र सहकार्यको लागि नेकपा (एमाले)लाई धन्यवाद।
राष्ट्रियताको संरक्षण,लोकतन्त्रको सुदृढीकरण,सुशासन र आर्थिक समृद्धिको निम्ति ईमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धता व्यक्त गर्दछु।