हिपमत डटकम

शनिबार, आश्विन २२, २०७९ || 9644  पटक पढिएको

नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार हुनबाट रोकिएको भन्दै आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने बताएका छन्।

सेतोपाटीसँग शनिबार संक्षिप्त कुराकानी गर्दै रावलले यस्तो बताएका हुन्।

आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै आइतबारसम्म निर्णय लिने उनले बताए।

‘म आफैंलाई पनि उम्मेदवारीबाट रोकिएको छ। यसका सम्पूर्ण पक्ष गहन अध्ययन गरिरहेको छु। आइतबारसम्म म व्यवस्थित रूपमा मेरा धारणा र निर्णय सार्वजनिक गर्नेछु,’ रावलले भने।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अछाम- १ बाट रावल सर्वसम्मत रूपमा सिफारिस भए पनि उनलाई रोकेर माओवादीबाट हालसालै एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिइएको छ। रावलले भदौ २१ मा सेतोपाटीसँग कुराकानी गर्दै कुनै पदमा जाने वान नजाने भन्दा पनि राष्ट्रको सर्वोपरी हीत र पार्टी विधिमा चल्नुपर्ने विषय आफ्ना लागि महत्वपूर्ण हुने बताएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने टिकट पाउनका निम्ति १० बुँदे पक्षधरले माफी माग्नुपर्ने आफूनिकटहरूसँग बताउँदै आएका थिए। एमालेको १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको आकांक्षामा रावल र घनश्याम भुसालले चुनौती दिएका थिए।

भुसालले शनिबार एमाले छाडेको घोषणा गरिसकेका छन्। रूपन्देहीबाट सिफारिस भए पनि उनले टिकट पाएनन्।

४५ वर्षसम्म विधिको र पार्टी पुनर्स्थापनाको कुरा गरे पनि हाल सम्भव नदेखेपछि छोड्नुपरेको उनको भनाइ छ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘…म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष केपी ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!