सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समिति (बोर्ड)को बैठक पुनः सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । कांग्रेसमा यो समितिले उमेदवारको टुंगो लगाउँछ ।
हालसम्म प्रतिनिधिसभातर्फ ६१ निर्वाचन क्षेत्रमा कांग्रेसले टिकट फाइनल गरिसकेको नेताहरू बताउँछन् । तर, कति सिट फाइनल भएको भन्ने यकिन तथ्यांक पार्टीले सार्वजनिक गरेको छैन ।
सभापति देउवा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेतासँग गठबन्धनको बैठकमा व्यस्त भएपछि समितिको बैठक केही समय रोकिएको थियो । अहिले बैठक पुनः सुरु भएको हो ।
पाँचदलीय गठबन्धनभित्र कांग्रेसले ८४ सिट पाउने सहमति भइसकेको छ ।