चीनको ताक्लाकोटबाट भागेर आएका एक बिरामी जिल्ला अस्पतालमा उपचार सेवाबाट बञ्चित भएका छन् । नाम्खा गाउँपालिकाको मुचुबाट उपचारका लागि ल्याइएका सिमकोट गाउँपालिका–३ का २७ वर्षीय धर्माज्ञाल्जन लामाको उपचारमा अस्पतालले बेवास्ता गरेको हो ।

चीनबाट आएकाले कोरोना संक्रमणको आशंकामा विशेष निगरानीमा राखेर उपचार गर्नुपर्ने भएपनि अस्पतालले उपचार कक्षमा समेत प्रवेश नदिएको आफन्तको आरोप छ ।

ताक्लाकोटबाट भागेर आएका लामालाई हिजो साँझ मुचुबाट तीन दिनको पैदल यात्रा गरि घोडामा चडाएर जिल्ला अस्पताल ल्याइएको हो । चीनबाट भागेर आएकाले उनलाई मुचुमा पनि ग्रिनहाउसमा राखिएको थियो ।

जिल्ला अस्पतालका चिकित्सक नविन रोकायाले लामाको अवस्था गम्भिर रहेकाले अन्य अस्पतालमा रिफर गर्ने तयारी गरिएको जानकारी दिए । लामाको खुट्टा, शरि र मुखमा ठुलो चोट रहेको छ ।

कोरोना संक्रमणका कारण चीनले सीमा नाका बन्द गरेपछि उनी भागेर नेपाल आउँदा घाइते भएको बताइएको छ । उनी हिल्साबाट ५ हजार मिटर अग्लो नारालेकको हिउँ छिचोल्दै हुम्ला आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!