शुक्रबार, फाल्गुण २३, २०७६ || 668  पटक पढिएको

सरकारले कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू गरेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार अर्थ मन्त्रालयले एउटै टोलीले बनाएर यसको आर्थिक असरका बारेमा अध्ययन गर्न थालेको छ ।

बिहीवार सरकारको नियमित पत्रकार सम्मेलनमा खतिवडाले नेपाल राष्ट्र बैंकले समेत यसबारेमा थप अध्ययन गरिरहेको बताए । खतिवडाका अनुसार कारोनाका असरका लक्षणहरू मात्र अर्थतन्त्रमा देखिएको हो, अहिलेसम्म कुनै प्रतिकूल असर परिसकेको अवस्था होइन ।

अर्थ मन्त्रालयका अनुसार अहिले असरको अध्ययन हुँदै छ, सरकारले तत्कालै राहतको प्याकेज ल्याउने तयारी गरेको छैन । मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले कुनै प्याकेजको कार्यक्रम ल्याउने सोचमा नपुगिसकेको तर अर्थतन्त्रमा पर्ने असरका बारेमा उच्च सर्तकमा मन्त्रालयमा रहेको बताए ।

अर्थका अधिकारीहरूका अनुसार आगामी आर्थिक वर्षको बजेटको तयारीमा मन्त्रालय जुटिसकेकाले आवश्यक परेमा सोही बजेटबाटै सम्बोधन गर्न सकिने बताउँछन् । ‘कुनकुन क्षेत्रमा कोरोनाले असर गरिरहेको छ भन्ने बारेमा रिपोर्टिङ भइरहेको छ । कर छूट दिने वा सहुलियत दिने बारे आगामी बजेटबाटै पनि सम्बोधन गर्न सकिन्छ,’ मन्त्रालयका अर्का उच्च अधिकारीले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!