चर्चित गायक डि.आर. बुद्धि मान श्रेष्ठ र सुमधुर स्वरकी धनि मेलिना राइको स्वरमा सजिएको ‘रेलले तान्यो र’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गरिएको सो गीतमा बादल घिमिरेको सब्द रहेको छ भने संगीत पनि स्वयम् बादल घिमिरेकै रहेको छ । सार्बजनिक गीतमा रोशन गैरे, बादल घिमिरे, गोबिन्द बिस्वकर्मा, पुजा पन्त र आसा के सी को समेत ग्रुप भोकल सुन्न सकिन्छ भने संगीत एरेञ्ज कृष्ण भान्जाले गरेका हुन् ।
सार्बजनिक गरिएको उक्त गीतको भिडियोमा नेपालि हास्य टेली स्रियल सक्किगोनिका ‘बले’ अर्थात सागर लम्शाल उनको साथमा चर्चित नायिका तथा मोडल केकी अधिकारीको फ़िचरिङ्ग रहेको छ । निकेश खड्काको निर्देशन मा बनेको उक्त भिडियोलाई छायाकार बुद्ध थापाले खिचेका छन् भने सुरेन्द्र बसेलले कोरियोग्राफ गरेका छन् ।
विकेश धमला ले सम्पादन गरेको उक्त भिडियोलाई बादल घिमिरेको युटुब च्यानल बाट सार्बजनिक गरिएको हो । सार्बजनिक भिडियोलाई धेरै दर्शकहरुले हेरिसकेका छन् भने धेरै दर्शकहरुले सकारात्मक प्रतिक्रिया समेत दिएका छन् । उक्त गीतको अहिले टिकटकमा समेत भाइरल बनिसकेको छ ।