बुधबार, फाल्गुण २१, २०७६ || 1045  पटक पढिएको

झापा अर्जुनधारा-११ स्थित बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द-३ का २५ बर्षीय बिबेक तामाङ ,२१ बर्षीय समिर लिम्बु, २४ बर्षीय सन्जु चेम्जुङ, १८ बर्षीय दिपेन नेम्वाङ यसै गरी झापा अर्जुनधारा-६ का १८ बर्षीय रोशन गुरुङ र ईलाम तेनपा-२ का २० बर्षीय सन्तोष तामाङ रहेका छन ।

बिशेष सुराका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा चेकजाँच गर्ने क्रममा ३९ ग्राम, २९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ थालमा राखेको अवस्थामा फेला पारी मानिस सहितलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ । पक्राउ परेका ६ जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!