कोरोनाभाइरस संसारभरीको ७३ देशभन्दा बढी देशमा फैलिसकेको छ । यसको संक्रमणबाट बच्नका लागि मानिसहरु भेटघाटका साथै हात मिलाउन पनि हिच्किचाइरहेका छन् । आइतबार एक उच्च स्तरीय बैठकमा यस्तै घटना देख्न पाइयो ।

सोसल मिडियामा सार्वजनिक भएको भिडियो अनुसार बैठकका बेला जिहोफर अन्य अधिकारीसँग बसिरहेका थिए । त्यतिबेला चान्सलर एन्जेला मर्केल पुगिन् । उनले हात मिलाउन चाहिन् तर जिहोफरले हेलो मात्रै भने । त्यसपछि मर्केलसमेत सबैको हाँसोको फोहोरा उठ्यो । यो घटनाको भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।

अन्तरिक मामलाका मन्त्रीले मिडियासँगको कुराकानीमा भने, ‘कोरोनाभाइरसका कारण चान्सलरले पहिलेदेखि नै मानिसहरुलाई हात मिलाउन बन्द गरिदिएकी छिन् । उनी सावधानीस्वरुप यस्तो गरिरहेकी छिन् । गत हप्ता चान्सलर मर्केलले जब आफ्नो संसदीय क्षेत्रको भ्रमण गरेकी थिइन् तब उनले पनि कसैसँग हात मिलाएकी थिइनन् । चान्सलर आफैं पनि भाइरसबाट बच्नका लागि सतर्क रहन्छिन् । मर्केलले पनि जिहोफरको निर्णयलाई सही बताइन् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!