विराटनगर १९ मिलनचोक तनाव ग्रस्त बनेको छ । मंगलबार राति दुई जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको हो । पुष्पलालचौक–विराटचौक सडक खण्ड अन्तर्गत मिलनचौकमा राति साढे ९ बजे भएको दुर्घटना भएको थियो । मृत्यु हुनेमा मोरङ ग्रामथान–२ का ४४ वर्षीय बाबुराम सरदार र उनकी ६ वर्षीय नातिनी सबिता सरदार छन । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिफरले विपरित दिसाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिफर र टिफर चालक सुनसरी रामधुनी–५ बस्ने ३३ वर्षीय हरेराम चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन् । स्थानीयले भने चालकलाई कडा कारबाही हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र विराटचोक–घिनाकाट सडकबाट टिफर आवागमनमा रोक लगाउनु पर्ने माग गरेका छन् । स्थानीयले सडकमा नाराबाजी तथा प्रदर्शन गरेका छन् ।