मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र निजको नातिनि ६ वर्षीया सबिता सरदारको टिफरको ठक्करबाट मृत्यु भएको छ । हिजो राती सवाँ ०९ बजे बिराटनगर-१९ मिलन चोक नजिक पुर्व बाट पश्चिम तर्फ आउदै गरे को को१ख २९१७ नम्बरको टिफरले बिपरित दिसाबाट आउदै गरेको प्रदेश १-००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा अटो चालक बाबुराम सरदार र निजको नातिनि सबिता सरदारको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिफर र टिफर चालक सुनसरी रामधुनी-५ बस्ने ३३ बर्षीय हरेराम चौधरी नियन्त्रणमा रहेको उक्त कार्यालय जनाएको छ ।